जनकपुर अञ्चल अस्पतालमा अख्तियारको छापा
जनकपुर– जनकपुर अञ्चल अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। बर्दिवासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले मंगलबार अस्पतालमा छापा मारेको हो। अस्पतालमा विभिन्न उपकरण खरिद, कर्मचारी भर्ना प्रक्रिया लगायतका शीर्षकमा व्यापक अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर विभिन्न फाइलहरु नियन्त्रणमा लिएको बताइएको छ।
प्रदेश २ स्थित आयोगका प्रवक्ता हरिप्रसाद शर्माले उजुरीको आधारमा अनुगमनका लागि अस्पतालमा टोली खटाएको जानकारी दिए। अख्तियारको टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादव, डा.जामुन सिंह, डा.कुलदिप पण्डित, लेखा अधिकृत लगायतका कर्मचारीलाई ३ घन्टासम्म नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।
अस्पतालका महँगा उपरकरणका साथै टेबल, कुर्सी लगायत फर्निचर खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा आयोगले छापा मारेको छ। यसअघि जनकपुर अञ्चल अस्पतालमा नियमविपरित भर्ना गरिएका कर्मचारी हटाउन प्रदेश नम्बर २ को सरकारले समेत आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण