ऐश्वर्या रायको यो लुक देखेर रिसाए डिजाइनरः भने, ‘संसारकै सुन्दर महिलाको यस्तो हाल...’
ऐश्वर्या राय बच्चनले पेरिस फेशन विकमा आफ्नो र्याम्प वक गरेकी छिन् । जहाँ एकातर्फ र्याम्प वकमा यो डेब्यूको विषयमा उनको प्रशंसकको तारिफ गरिरहेका थिए । यस्तै, भारतीय डिजाइनर वेन्डल रोड्रिक्सलाई उनको लुक मन परेन । डिजाइनर वेन्डल उनको लुकका लागि यति रुष्ट भए कि उनले आफ्नो एक इन्स्टाग्राम पोस्टमा स्टाइलिस्टलाई बर्खास्त गर्न माग गरेका छन् ।
वेन्डल रोड्रिक्सले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखे, ‘लोरियल तपाईंसँग संसारको सबैभन्दा सुन्दर महिला छिन् र तपाईंले उनलाई कस्तो मेकअप गर्नुभएको, यस्तो लुगा लगाइदिनुभयो ? यो ड्रेस लगाइदिने स्टाइलिस्टलाई निकाल, उसलाई भनिदेउ कि हेलोविन अर्को महिना हो ।’
स्मरण रहोस्, पूर्व विश्व सुन्दरी तथा बलिउड नायिका ऐश्वर्या राय बच्चन धेरै वर्षदेखि लोरियल कम्पनीकी ब्रान्ड एम्बेसेडर हुन् । उनले लोरियल पेरिस फेशन विकमा र्याम्प वक गरिन् । यतिबेला ऐश्वर्याले डोल्चे एण्ड गबानाको ट्रेन्ड ड्रेस लगाएकी थिइन् । हाई नेक र फुल स्लिभ भएको पर्पल रङको ड्रेस डिजाइनर वेन्डल रोड्रिक्सलाई मन परेन । यस्तै, ऐश्वर्याको मेकअप पनि राम्रो लागेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण