आईएमएस एनर्जाइजरको पावर बैंकहरु अब नेपाली बजारमा
काठमाडौं– नेपालमा एनर्जाइजर उत्पादनको लागि एक मात्र आधिकारिक वितरक आईएमएस ग्रुपले पावर बैंकहरु ल्याएको छ ।
एनर्जाइजर, ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो । एनर्जाइजर विश्वकै प्रख्यात गतिशिल लिडर हो । एनर्जाइजरले निरन्तररुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्गको उत्पादन गर्दै आएको छ । जसले मानिसको आज र भोलीको जीवन सरल पारेको छ ।

एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावर बैंकहरु छन् । जसले तपाईंको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतिय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ । हाल कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्टडोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो र चाँडै नै देशभर मोबाइल फोन आउटलेटहरूमा उपलब्ध हुनेछ ।

आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड एनर्जाइजरको वितरक हुन पाउँदा हामी अत्यन्तै खुसी र गर्व महशुस गरेको बताए ।
उनले भने, ‘मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत क्रम प्रदान गर्न हाम्रो दृष्टिकोणको साथ, हामी अब नयाँ ऊर्जा प्रविधिको परिचय गर्दैछौं जुन हाम्रो राष्ट्रका नागरिकहरूको लागि नयाँ प्रविधिको साथ अगाडि बढ्नको लागि विश्वको पहिलो नवीनतम् र उदाउँदो प्रविधिहरूको पर्यायवाची हो ।
साथै, यो पिढी यस्तो हो जहाँ स्मार्टफोन वा ग्याजेटहरू हामीसँग चौबिसै घण्टा हुन्छ, जसलाई तत्काल शक्ति बढाउन आवश्यक पर्दछ । त्यसकारण हाम्रा उपभोक्ताका आवश्यकताहरू पूरा गर्न, सहज र सुविधा प्रदान गर्न हामीले यो अन्तर्राष्ट्रिय ब्रान्ड, एनर्जाइजरको परिचय गराएका छौं ताकी उनीहरूको अनुभवलाई निरन्तर सुधार गर्न र प्रत्येक पक्षमा उनीहरूको अनुभवमा बृद्धि गर्न र उनीहरूको जीवनमा ठोस उत्थान ल्याउन मदत पुराउछ ।’

आईएमएस
आईएमएस ग्रुप सब भन्दा छिटो बढिरहेको समूह हो जसमा २० भन्दा बढी बिभिन्न कम्पनीहरू छन् । आईएमएस नेपालमा सामसुङ्ग स्मार्टफोनको आधिकारिक वितरक हो ।
सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनी पछिल्लो २७ बर्षमा बढेको र विविधीकरण भएको छ, जुन आईएमएस समूहको ब्यानरमा रहेको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण