सभामुख पद रिक्त : नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने
संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ ।
संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी सभामुख पद रिक्त भएको बताएकी छन् । अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको छ ।
नयाँ अधिवेशनले नै सभामुख चयन गर्नुपर्नेछ । नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय संविधान र प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था नगरिँदा सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा उपसभामुखले राजनीतिक दलसँगको छलफलबाट टुंगो लगाउने तयारी गरेकी छन् ।
राजीनामा दिएको अवस्थामा पुनः निर्वाचन गर्ने विषयमा कुनै व्यवस्था नभए पनि नयाँ आमनिर्वाचनपछिको अवस्थामा भने प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वा्चित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण