भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दाः डुबायो विनविनले
घोराही उपमहानगरपालिका–१३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो। घरव्यवहार र आर्थिक समस्याले थिचिएकी उमाका लागि त्यति पैसा कमाउने अवसर चानचुने थिएन। त्यसका लागि दुई लाख रूपैयाँ तिरेर कम्पनीको सदस्य बन्नुपर्ने भनिएको थियो । दायाँबायाँ विचारै नगरी उनले प्रस्ताव ‘ओके’ गरिदिइन्।
मासिक एक लाख तलबदेखि ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बनिने र पाँच वर्षपछि पेन्सन हुने प्रलोभनमा उनी फसेकी थिइन्। ‘मासिक एक लाख तलब हुने, भारतको ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बन्न पाइने भनेका थिए,’ उमाले भनिन्, ‘सदस्य बनेको पाँच वर्षपछि पेन्सन पनि हुने भनेपछि मलाई प्रस्ताव मन पर्यो ।’
विनविन नामक नेटवर्किङ कम्पनीमा सदस्य बन्न प्रस्ताव लिएर आएकी महिलालाई उमाले सदस्यताबापत दुई लाख रूपैयाँ बुझाइन्। लाखौं रकम कमाउने आशा राखेकी उमाले अन्ततः ठगिएको थाहा पाइन्। उमा यतिखेर न्यायका लागि तीन वर्षदेखि जिल्ला प्रहरी कार्यालय धाइरहेकी छन्। उनकै कारण छोरीसमेत फसिन्। सदस्य बनेपछि थप सदस्य बनाउनैपर्ने कम्पनीको नियम रहेपछि उनले पहिलो रोजाइमा आफ्नी छोरीलाई पारिन्। छोरीका तर्फबाट बुझाएको दुई लाख रकम पनि फस्यो। ‘आफू सदस्य बनेपछि अरूलाई पनि सदस्य बनाउनुपर्छ भने। मैले पहिलो रोजाइमा छोरीलाई पारें,’ उमाले भनिन्, ‘दुईजनाको गरेर चार लाख रूपैयाँ डुब्यो।’ यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण