नेपालमा रहेको भारु साट्ने व्यवस्था मिलाइदिन अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपालमा रहेको भारतीय नोट साट्ने व्यवस्था मिलाउन भारतीय वित्तमन्त्रीलाई आग्रह गरेका छन् ।
भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका खतिवडाले वित्तमन्त्री निर्मला सितारमणलाई भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।
अर्थमन्त्री डा. खतिवडाले भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजान पाउने ठुला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन समेत आग्रह गरे ।
विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने आस्वासन भारतीय वित्तमन्त्री सितामरणले दिइन् ।
अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धि लगायतका विषयमा समेत छलफल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण