एनआईसी एशिया बैंककोे डेबिट तथा क्रेडिट कार्ड भारतका बैंकका एटीएममा पनि सञ्चालन हुने
शुक्रबार, १७ असोज २०७६, १४ : ४४
काठमाडौं– एन आई सी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा असोज १८ देखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने एटीएम मेसिनहरुमा समेत संचालन हुने व्यवस्था मिलाइएको छ ।
बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक २० हजारका दरले अधिकतम ६० हजार रकमसम्म झिक्न सकिन्छ । यसै गरी भारतमा २४ घण्टामा दुई पटकमा गरीे हरेक पटक भा. १० हजारका दरले अधिकतम भा. १५ हजार रुपैयाँसम्म झिक्न सकिन्छ ।
यससँगै यस बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पीओएस मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि नै मिलाएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण