चाडपर्वहरुलाई मौलिक र मितव्ययीका साथ मनाउन आग्रह
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महान् पर्व बडादसैँको शुभकामना दिएकी छिन् ।
प्रमुख दाहालद्वारा समस्त नेपालीहरुको महान पर्व विजया दशमीको शुभअवसरमा समस्त भरतपुर महानगरपालिकावासी बुवाआमा, दाजुभाई, दिदीबहिनीलगायत स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।
प्रमुख दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा यस वर्षको आउँदै गरेको चाडपर्वले समृद्ध महानगरको सपनालाई साकार पारोस् भनी कामना गरिएको छ । आउँदै गरेको शुभ दिपावली, छठ तथा नेपाल सम्वतको समेत हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रा यी पर्वहरुले समस्त नेपालीहरुमा सकारात्मक सोचका साथ आपसी भाइचारा, सद्भाव र एकता कायम गर्दै दीगो र आत्मनिर्भर विकासको पक्षमा एकढिक्का भएर लाग्ने प्रेरणा प्रदान गरुन् भन्ने अपेक्षासमेत गरिएको छ ।
विज्ञप्तिमा ‘हाम्रा चाडपर्वहरुलाई मौलिक र मितव्ययीका साथ उल्लासमय बनाउन सबैलाई आग्रह गर्दै मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर भन्ने सोचलाई सार्थक पार्न महानगरको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’ भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण