सभामुख निवासदेखि हिरासतसम्म महराको यात्रा (फोटोफिचर)
काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरा अन्ततः पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ । कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

तर महरा सभामुखको सरकारी निवासबाट निस्कदा भने बा ८ च ८०० नम्बरको रातो रङको गाडीमा निस्किएका थिए ।

यता महरालाई पक्राउका लागि प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको थियो ।
महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख तुम्बाहाम्फेलाई लिखित जानकारी दिएको हो।

गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास भन्दै शुक्रबार किटान जाहेरी प्रहरीमा दर्ता भएको थियो ।

सोही जाहेरी अनुसार जिल्ला अदालत काठमाडौंले आइतरबार दिउसो पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यस लगत्तै महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा बुझिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण