गोल वर्षा गर्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा
एजेन्सी । सेभियाविरुद्ध गोल वर्षा गर्दै साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।
बार्साले आफ्नो घरेलु मैदानमा ४–० को शानदार जीत हासिल गरेको हो ।
अर्नेस्टो भालभर्डेको टोलीले पहिलो हाफमा आठ मिनेटको अन्तरालमा तीन गोल गरेको थियो ।
लुइस सुवारेजले उत्कृष्ट ओभरहेड किकमार्फत बार्साको खाता खोलेपछि अर्टुरो भिडाल र ओसमान डेम्बेलेले एक–एक गोल थपे ।
दोस्रो हाफको अन्त्यतिर लियोनेल मेस्सीले फ्रिकिकमार्फत अर्को गोल गरे ।
खेलको अन्तरतिर बार्सिलोनाका दुई खेलाडीले रातो कार्ड पाएका थिए । २० वर्षीय रोनाल्ड आराउजु र डेम्बेलेले रातो कार्ड पाए ।
जीतसँगै आठ खेलबाट बार्सिलोनाको १६ अंक रहेको छ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा मात्र २ अंकले पछि रहेको छ ।
उता, एथ्लेटिको म्याड्रिड भने रियल भालाडोलिडसँग गोलरहित बराबरीमा रोकिएको छ । चार लिग खेलमा एथ्लेटिको बराबरीमा रोकिएको यो तेस्रो अवसर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण