चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः बाबुरामले दिए सरकारलाई ६ सुझाव
काठमाडौं–चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सन्दर्भमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारलाई विभिन्न ६ वटा सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलका क्रममा भट्टराईले आफ्नो सुझाव प्रस्तुत गरेका हुन् ।
चीन,भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिन तथा तीन वटै देशसँग समानान्तर सम्बन्ध राख्न भट्टराईले सुझाव दिएका छन् ।
यसैगरी चीनसँग रेल, सडक आदि कनेक्टिीभिटी विस्तारमा जोड दिँदै रेल बनाउँदा ऋणजालमा नफस्न समेत सुझाव दिएका छन् । यस्तै उनले अनुदान र ऋणको सन्तुलन मिलाउन पनि जोड दिएका छन् ।
सडकमा बढी जोड दिने,कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्राथमिकता दिने,ऋण–अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिन पनि आफूले सुझाव दिएको भट्टराईले ट्वीटरमार्फत जनाएका छन् ।
सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल नगर्न तथा लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्नेमा भट्टराईले जोड दिएका छन् ।
सन्१९६०को नेपाल–चीन मैत्री–सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्नपनि भट्टराईले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण