दुई लाख नगदसहित सुर्खेतबाट १४ जना जुवाडे पक्राउ
सुर्खेत – अवधिमा सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात-सातजनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले विजयादशमीको अघिल्लो दिन भेरीगङ्गा नगरपालिका–११ को काठेघारी सामुदायिक वन क्षेत्रबाट रु एक लाख ९१ हजार ५९५ नगदसहित सात जनालाई पक्राउ गरेको जानकारी दिए ।
उनका अनुसार भेरीगङ्गा नगरपालिका–१२ का कर्णबहादुर चन्द, दीपक थापा, भेरीगङ्गा–२ का दीपक वली,–४ का भानु खड्का, वीरेन्द्रनगर नगरपालिका–६ का सन्दीप श्रेष्ठ, वीरेन्द्रनगर–१० का धीरज अधिकारी र–११ का चिरञ्जीवी वली पक्राउ परेका छन् ।
प्रहरीले वीरेन्द्रनगरबाट रु २५ हजार ४५० नगदसहित सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० का चेत भट्टराई, लोकबहादुर ठाडा, खगेन्द्र शाही, वीरेन्द्रनगर–३ का भोजकुमार डाँगी, दीपेन्द्र गिरी, वीरेन्द्रनगर–५ का दिल पुलामी र अम्मर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता रवी रावलले जानकारी दिए ।
पक्राउ परेकाको अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण