मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्धार

शुक्रबार, २४ असोज २०७६, १३ : ०८
शुक्रबार, २४ असोज २०७६

काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

काठमाडौँतर्फ आइरहेको यात्रुबहाक बस बिहान पौने १० बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनाका गम्भीर घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ ।

दुर्घटनामा परेर हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका अनुसार घटनास्थलमा ५ जनाको, उपचारमा लाँदै गर्दा एक जना र धुलिखेल अस्पतालमा उपचारको क्रममा पाँच जनाको मृत्यु भएको छ ।

सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेकाहरुको सनाखत हुन बाँकी रहेको छ ।

डिएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा घाइते भएका ५१ जनाको उद्धार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप