सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्धार
शुक्रबार, २४ असोज २०७६, १३ : ०८
काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
काठमाडौँतर्फ आइरहेको यात्रुबहाक बस बिहान पौने १० बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनाका गम्भीर घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ ।

दुर्घटनामा परेर हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका अनुसार घटनास्थलमा ५ जनाको, उपचारमा लाँदै गर्दा एक जना र धुलिखेल अस्पतालमा उपचारको क्रममा पाँच जनाको मृत्यु भएको छ ।

सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेकाहरुको सनाखत हुन बाँकी रहेको छ ।
डिएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा घाइते भएका ५१ जनाको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण