नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमण
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको बहुप्रतीक्षित राजकीय भ्रमण आजदेखि सुरु हुँदैछ । चीन विश्व समृद्ध राष्ट्र बन्ने मार्गतिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको सीको भ्रमणलाई राजनीतिक, आर्थिक र कूटनीतिक जगत्मा महत्वपूर्ण रूपमा हेरिएको छ ।
नेपाल र चीन मित्रताको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि हालसम्म विकसित हुँदै अगाडि बढेको पाइन्छ । चिनियाँ भिक्षु फा सियान र नेपाली भिक्षु बुद्धभद्रको यात्राले त्यो सम्बन्धलाई विगतदेखि वर्तमानसम्मको डोरीमा बाँधिराखेको छ । भिक्षु फाले आफ्नो यात्रा वृत्तान्तमा बुद्धभूमि नेपालमा आफूले देखेका र भोगेका विषय प्रष्ट लेखेको पाइन्छ । करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनीको भ्रमण गरेको त्यो क्षण अझै पनि अभूतपूर्व यात्रा वृत्तान्त मानिन्छ ।
भिक्षु फाका अनुसार, एसिया भ्रमणपछि चीन फर्केका बेला नानचिङमा बुद्धभद्रसँग भेट भएको थियो । दुवै मिलेर बौद्ध दर्शनका सूत्र प्रतिपादन गरे । सातौँ शताब्दीको सुरुताका नै लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका राजकुमार स्रङचङ गम्पोसँग भएको थियो । चिनियाँ यात्रीको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ नागरिकको आवतजावत बढ्न थालेको पाइन्छ । त्यसैक्रममा १३ औँ शताब्दीको आधाआधीको समयमा नेपालका कलाकार अरनिकोसहितको टोलीले चीन भ्रमण गरी चीनमा नेपालको कला संस्कृतिको प्रसार गरेको सुनौलो इतिहास छ । यो समाचार गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण