यी हुन् चीनका सहरसँग भगिनी सम्बन्ध गाँस्ने नेपाली सहर
नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् । चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनको विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन् ।
नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौँ महानगरपालिकाले चीनको सेन्जेन, ल्हासा, सियान, लान्जाओ, छेन्दु सहरसँग भगिनी सम्बन्ध कायम गरिएको छ । त्यस्तै, पोखरा महानगरपालिकाले चीनको कुनमिङ्ग गोन्जाओ, यिविन, लिन्जी, छुसाओ, हाइकाओ नानिङ्ग सहरसँग सम्बन्ध स्थापित गरेको छ । त्यस्तै, बुटवल उपमहानगरपालिकाले सिमान, ललितपुर महानगरपालिकाको गोन्जाओ, भक्तपुरले छेन्दु र बनेपा नगरपालिकाले सिगात्से सहरसँग भगिनी सम्बन्ध कायम गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको शनिबार हुने नेपाललको राजकीय भ्रमणले उक्त नगरपालिकासँग भएको भगिनी सम्बन्ध थप प्रगाढ हुने स्थानीय तहका जनप्रतिनिधिले विश्वास गरेका छन् । दुई देशका नगरबीचको सहरी पूर्वाधार, विकास निर्माण, कृषि, पर्यटनको विकासमा सहयोग पुग्ने गरी भगिनी सम्बन्ध कायम गरिएका हुन् । यो समाचार गोरखापत्रमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण