जापानमाथि बर्सियो ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाको कहर
मुसलधारे वर्षा र शक्तिशाली आँधीले जापानका धेरैजसो हिस्सालाई अस्तव्यस्त बनाइदिएको छ । ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ भने थुप्रै हराइरहेका छन् ।
चक्रवाती आँधी हेगीबिस राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमीमा स्थानीय समयानुसार बेलुकी करिब ७ बजे ठोक्कियो ।

Photo: REUTERS
अहिले यो आँधी २२५ किलोमिटर प्रतिघण्टाको गतीमा देशको पूर्वी तटतर्फ बढिरहेको छ ।

Photo: EPA
गम्भीर स्थितीलाई हेरेर ७० लाख बढी व्यक्तिलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । तर ६० हजार व्यक्तिले मात्रै आफ्नो घर छोडेका छन् ।

Photo: EPA
रेल सेवा अवरुद्ध छन् । एक हजार बढी विमान हवाई अड्डामै छन् । दुई लाख ७० हजार घरमा बिजुली आपूर्ती बन्द भएको एनएचकेले जानकारी दिएको छ ।

Photo: AFP
क्योदो न्यूज एजेन्सीले पनि पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । यीमध्ये दुईको मृत्यु पहिरोले घर बगाएपछि भएको हो भने अर्का ६० वर्षका एक व्यक्तिको शव जलमग्न अपार्टमेन्टमा भेटिएको हो । यस्तै ५० वर्षका एक व्यक्तिको कार पल्टिएका कारण मृत्यु भएको छ ।

Photo: Getty Images
क्योदोका अनुसार अन्य ११ जना हराइरहेका छन् भने ९० जना घाइते भएका छन् ।

Photo: REUTERS
मौसम विभागले राजधानी टोकियोमा शनिबार र आइतबारको बीच आधा मिटरसम्म वर्षा हुनसक्ने सम्भावना देखाएको छ ।

Photo: Franck Robichon/EPA
भारी वर्षाका कारण पहिरो र बाढीको स्थिती पैदा हुनसक्ने अनुमान गरिएको छ ।

Photo: AP

Photo: Jiji Press/EPA
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण