मह जोडीको फिल्मको निर्देशक प्रदीप
सोमबार, २७ असोज २०७६, १८ : ३२
काठमाडौं– पछिल्लो फिल्म ‘दालभात तरकारी’ले सोचेजस्तो ब्यवसाय नगरे पनि महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अर्काे फिल्म निर्माण गर्ने भएका छन् । आफुहरुकै मुख्य भूमिका रहने गरेर उनीहरुले फिल्म निर्माण गर्न लागेका हुन् ।
नाम उल्लेख नगर्दै निर्माण घोषणा भएको फिल्मको निर्देशकमा प्रदीप भट्टराई छानिएका छन् । फिल्मको तिहार पछि छायाँकन जाने तयारी भइरहेको छ । प्रदीपले यस अगाडि महजोडीको ‘शत्रु गते’ निर्देशन गरेका थिए । उक्त फिल्म हिट भएको थियो ।
२०७७ को दशैँलाई रिलिज गर्ने उदेश्यका साथ बन्न लागेको फिल्मको कलाकार र प्राविधिक अहिले छनौटमा छन् । फिल्मको लेखन अहिले प्रदीपले नै गरिरहेका छन् । यसमा कलाकार रविन्द्र सिंह बानियाँको पनि लगानी रहनेछ । रविन्द्र र प्रदीपबीच यो तेस्रो सहकार्य हो । महसँग भने रविन्द्रको पहिलो सहकार्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण