मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्को ट्याङ्की केही समयमै निर्माण सम्पन्न हुँदैछ ।
प्रशोधन केन्द्रको क्षमता आठ करोड ५० लाख लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने एडिबीको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम अन्तिम चरणमा पुगेको छ ।
निर्माणाधीन केन्द्रको ठेक्का सम्झौताको अवधि गत महीना सकिएको थियो । सोही ठेकेदार कम्पनीलाई नै आयोजनामा यसअघि काम गरेको कम्पनी (सिएमसी)ले छाडेर गएका कतिपय निर्माणका काम थप दिइएकाले तीन महीना अवधि थपिएको छ ।
“अबको दुई÷तीन महीनामा सबै काम सकिन्छ”, पन्तले भन्नुभयो । आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणमा ठेक्कामार्फत काम अघि बढाएको छ । सुरुङ निर्माण र हेडवर्क निर्माणका लागि सरकारले केही समय अघि मात्रै ठेक्का सम्झौता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण