क्यानमाथिको प्रतिबन्ध फुकुवा
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा सोमबार बसेको आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । काठमाडौंमा असोज १० र ११ गते भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो ।
आईसीसीकै निगरानीमा भएको निर्वाचनपछि क्यानको प्रतिबन्ध खुल्ने विश्वास गरिएको थियो । यस्तै आईसीसीले जिम्बावेमाथि लगाएको निलम्बन समेत सशर्त फुकुवा गर्ने निर्णय गरेको छ ।
आईसीसीले सोमबार जारी गरेको विज्ञप्तीमा जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरिएको पनि उल्लेख छ । यद्यपी आईसीसीले शर्तका विषय भने केही उल्लेख गरेको छैन । आईसीसीले क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै तीन वर्षअघि क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण