करण जौहरले करिना कपुरलाई सोधे प्रश्न, ‘यदि आलिया भट्ट तपाईंकी बुहारी बनिन् भने ?’ पाए यस्तो प्रतिक्रिया
बलिउड नायिका आलिया भट्ट र नायक रणबीर कपुर चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’ मा देखिने भएका छन् । यस फिल्ममार्फत् रणबीर कपुर र आलिया भट्टा पहिलो पटक पर्दामा सँगै देखिनेछन् । फिल्मबाहेक यी दुईको जोडीले निकै चर्चा बटुल्ने गर्छ र हालै बलिउड नायिका करिना कपुरले पनि यो जोडीबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
वास्तवमा, जियो मामी मेला इभेन्टको क्रममा करण जौहरले करिनाले रणबीर र आलियाबारे प्रश्न सोध्छन् । ‘मानौं कि एक दिन यस्तो आयो कि आलिया भट्ट तपाईंकी बुहारी बनिन्, तपाईंको प्रतिक्रिया के हुनेछ ?’ करणको यस्तो प्रश्न सनेर आलिया लजाउँछिन् भने करिना कपुरले शानदार प्रतिक्रिया दिन्छिन् ।
उनले भनिन्, ‘म यो संसारको सबैभन्दा खुसी महिला हुनेछु ।’
करिनापछि करणको प्रश्नमा आलियाले पनि जवाफ दिइन्, ‘इमान्दारितापूर्वक भन्ने हो भने मैले यसबारे सोचेकै थिइनँ, तर यसबारे म अहिले सोच्न पनि चाहन्नँ ।’ स्मरण रहोस्, आलिया र रणबीर धेरैजसो सँगै देखिन्छन् । जी सिने अवार्डमा आलिया भट्ट र रणबीर कपुरले धमाकेदार डान्स पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
-
रणवीर र दीपिकाको सम्बन्ध बिग्रिएको हो ? हट्यो बिहेको फोटो
-
भारत भ्रमणमा मालदिभ्सका विदेश मन्त्री, सुध्रिएला सम्बन्ध ?
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, आजै शपथ
-
पाकिस्तानको ग्वादरमा आतङ्कवादी हमला, सात मजदुरको मृत्यु