करण जौहरले करिना कपुरलाई सोधे प्रश्न, ‘यदि आलिया भट्ट तपाईंकी बुहारी बनिन् भने ?’ पाए यस्तो प्रतिक्रिया
बलिउड नायिका आलिया भट्ट र नायक रणबीर कपुर चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’ मा देखिने भएका छन् । यस फिल्ममार्फत् रणबीर कपुर र आलिया भट्टा पहिलो पटक पर्दामा सँगै देखिनेछन् । फिल्मबाहेक यी दुईको जोडीले निकै चर्चा बटुल्ने गर्छ र हालै बलिउड नायिका करिना कपुरले पनि यो जोडीबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
वास्तवमा, जियो मामी मेला इभेन्टको क्रममा करण जौहरले करिनाले रणबीर र आलियाबारे प्रश्न सोध्छन् । ‘मानौं कि एक दिन यस्तो आयो कि आलिया भट्ट तपाईंकी बुहारी बनिन्, तपाईंको प्रतिक्रिया के हुनेछ ?’ करणको यस्तो प्रश्न सनेर आलिया लजाउँछिन् भने करिना कपुरले शानदार प्रतिक्रिया दिन्छिन् ।
उनले भनिन्, ‘म यो संसारको सबैभन्दा खुसी महिला हुनेछु ।’
करिनापछि करणको प्रश्नमा आलियाले पनि जवाफ दिइन्, ‘इमान्दारितापूर्वक भन्ने हो भने मैले यसबारे सोचेकै थिइनँ, तर यसबारे म अहिले सोच्न पनि चाहन्नँ ।’ स्मरण रहोस्, आलिया र रणबीर धेरैजसो सँगै देखिन्छन् । जी सिने अवार्डमा आलिया भट्ट र रणबीर कपुरले धमाकेदार डान्स पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण