८ वर्षका बालकले समाते ३१४ किलोको शार्क, २२ वर्ष पुरानो रेकर्ड तोडे
अष्ट्रेलियामा आठ वर्षका जेडेन मिल्लौरोले ३१४ किलोको शार्क समातेर रेकर्ड बनाएका छन् । जेडेन आफ्ना पितासँग माछा मार्नका लागि सिड्नीको साउथ कोस्टबाट १६० किलोमिटर टाढा ब्राउन माउन्टेन नजिकैको इलाकामा गएका थिए । जेडेन पोर्ट ह्याकिंग गेम फिशिंग क्लबका सदस्य हुन् र माछा मार्न सिकिरहेका छन् ।
बुवाले कुराकानीको क्रममा जेडेनले कर गरेपछि मात्र आफू माछा मार्नका लागि गएको बताए । उनले भने, ‘शार्क हाम्रो डुङ्गा पछि–पछि आइरहेको थियो । तब जेडेनको नजर उमाथि पर्यो । यसैबीच उनले काँटी र जालमार्फत् सार्कलाई समात्यो । यद्यपि, सार्कलाई डुङ्गातर्फ तान्न मैले उसको मद्दत गरेँ ।’
पछिल्लो रेकर्ड ३१२ किलोको थियोः
स्थानीय मिडियाका अनुसार ३१४ किलो तौल माछा समातेर जेडेनले २२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । यसअघि इयान हिसेले सन् १९९७ मा ३१२ किलो तौल भएको टाइगर सार्क समातेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण