बदला लिनका लागि ६१ वर्षका वृद्धले चोरे १५९ साइकल सिट, पुलिससमेत चकित
जापानको टोकियोमा ६१ वर्षका एक वृद्धलाई साइकलका १५९ सिट चोरीको आरोपमा पक्राउ गरिएको छ । आरोपीको नाम आकियो हतोडी हो । उनले १५९ वटा साइकलको सिट यसकारण चोरेका थिए किनभने उनको साइकलको सिट चोरी भएको थियो । शहरमा थुप्रै दिनदेखि लगातार साइकलको सिट चोरीको घटना बढिरहेको थियो । पुलिस थुप्रै दिनदेखि चोरीको बढ्दो मामलाका कारण तनावमा थिए ।
घरमा भेटिए १५९ सिटः
ओकियोले पहिलो पटक अगस्टमा साइकलको सिट चोरेका थिए । जुन व्यक्तिको सिट ओकियोले चोरेका थिए ती व्यक्तिले पुलिसलाई यसबारे उजुरी दिएका थिए । पुलिसले जब अनुसन्धान सुरु गरे तब सिसिटिभी क्यामरामा आकियोले चोरी गरिरहेको स्पष्ट देखिएका थिए । उनले निकै सावधानीपूर्वक साइकलको सिट निकालेर आफ्नो बास्केटमा राखेको देखिएका थिए । त्यसपछि उनी पुलिस रडारमा आएका थिए ।
पुलिसले आकियोलाई पक्राउ गरेपछि उनको घरमा छापा मार्दा दंग भए । उनको घरबाट १५९ साइकल सिट बरामद गरियो ।
पुलिसलाई दिइएको बयानमा आकियोले भने, ‘सन् २०१८ मा मेरो साइकलको सिट चोरी भएको थियो । जसका कारण मैले ठूलो समस्याको सामना गर्नुपर्यो । त्यसपछि मैले आफूले जस्तो समस्या भोगेँ त्यही समस्या अरुले पनि भोगुन् भन्ने उद्देश्यले यस्तो गरेको हुँ । त्यसकारण मैले पुलिसलाई यसबारे जानकारी दिनुको साटो चोरी गर्न सुरु गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण