महिला भलिबल टोली थाइल्यान्ड जाँदै
काठमाडौं-आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोली बुधबार थाइल्यान्ड जाँदैछ । २२ सदस्यीय टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल लगायतले बिदाइ गरेका छन् ।
टोलीमा १८ खेलाडी, तीन प्रशिक्षक र एक व्यवस्थापक गरी २२ जना छन् । उनीहरू बुधबार थाइल्यान्ड प्रस्थान गर्ने छन् । साग र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली थाइल्यान्ड जान लागेको हो । पहिलो संस्करणको एभीसी सेन्ट्रल जोन महिला भलिबल कात्तिक २२ देखि २७ गतेसम्म सञ्चालन हँुदैछ । सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २४ गतेसम्म घरेलु भूमिमा हुने १३औं सागमा प्रतिस्पर्धा गर्नेछ ।
सेटर अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, उषा विष्ट, रेष्मा भण्डारी, संगम महतो, जानकी भण्डारी, शान्ति थारु, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द सोफिया पुन, हीरा केसी, कमला पुन, सलिना श्रेष्ठ र शान्ति तामाङ छन् । प्रशिक्षकमा सलिना श्रेष्ठ, जगदिशप्रसाद भट्ट र भरत यादव तथा व्यवस्थापकमा रिता कोइराला छन् । अरुणाले पहिलो पटक महिला टोलीको कप्तानी गर्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण