ज्यान मुद्दाका फरार अभियुक्त ९ बर्षपछि पक्राउ
मङ्गलबार, २८ असोज २०७६, २२ : ४६
हेटौडा- मकवानपुर प्रहरीले जिल्ला अदालतबाट ज्यान मुद्दामा १० बर्ष कैद फैसला भएका एक अभियुक्तलाई ९ बर्ष पछि पक्राउ गरेको छ। साबिक इपापन्चकन्या ५ ,हाल भीमफेदी गाउपालिका -८ बस्ने जितबहादुर थिंगले सोहि ठाउँ बस्ने बुद्दिबहादुर गोलेलाई कुटपिट गर्दा २०५९ साल कार्तिक ४ गते गोलेको ज्यान गएको थियो। २०६७ जेष्ठ ३१ गतेको मकवानपुर जिल्ला अदालतको फैसलाले जितबहादुरलाई १० बर्ष कैद फैसला गरेको थियो।
त्यसबेलादेखि नै फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय भिमभेदीबाट खटिएको टोलीले यहि असोज २७ गते भीमफेदी गाउपालिका (८ बाट नै पक्राउ गरेको छ । आज जितबहादुरलाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानीको लागि भीमफेदी कारागार चलान गरिएको मकवानपुर प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण