ज्यान मुद्दाका फरार अभियुक्त ९ बर्षपछि पक्राउ
मङ्गलबार, २८ असोज २०७६, २२ : ४६
हेटौडा- मकवानपुर प्रहरीले जिल्ला अदालतबाट ज्यान मुद्दामा १० बर्ष कैद फैसला भएका एक अभियुक्तलाई ९ बर्ष पछि पक्राउ गरेको छ। साबिक इपापन्चकन्या ५ ,हाल भीमफेदी गाउपालिका -८ बस्ने जितबहादुर थिंगले सोहि ठाउँ बस्ने बुद्दिबहादुर गोलेलाई कुटपिट गर्दा २०५९ साल कार्तिक ४ गते गोलेको ज्यान गएको थियो। २०६७ जेष्ठ ३१ गतेको मकवानपुर जिल्ला अदालतको फैसलाले जितबहादुरलाई १० बर्ष कैद फैसला गरेको थियो।
त्यसबेलादेखि नै फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय भिमभेदीबाट खटिएको टोलीले यहि असोज २७ गते भीमफेदी गाउपालिका (८ बाट नै पक्राउ गरेको छ । आज जितबहादुरलाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानीको लागि भीमफेदी कारागार चलान गरिएको मकवानपुर प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया
-
प्रधानमन्त्रीलाई जेल हाल्न गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
प्रधानमन्त्रीको राजीनामा माग्दै गोविन्द केसीले सुरु गरे २२ औँ अनसन
-
रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु, तस्बिरहरू हेर्नुहोस्
-
ललितपुर वुमन्स च्याम्पियनसिप : ललितपुर–११ को विजयी सुरुआत