सुर्खेतमा हत्या गरेको अभियोगमा दुईजना पक्राउ
सुर्खेत– चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१ काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक रहेका छन् । प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।
निराजनलाई गुर्भाकोटबाट र विनोदलाई महानगरीय प्रहरी वृत्त स्वयम्भू काठमाडौँको समन्वयमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार यामबहादुरको यही असोज २२ गते भान्सा कोठामा कुटपिटबाट मृत्यु भएको थियो । जिल्ला अदालतले दुवै जनालाई आठ दिन थुनामा राखी अनुसन्धान गर्न समय दिएको छ ।
‘सामान्य विवाद हुँदा उहाँहरुबीच कुटाकुट चलेको र सो क्रममा चिर्पट प्रयोग गरी हत्या गरेको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण