गृहमन्त्री थापा र पर्यटनमन्त्री भट्टराईको पुत्ला दहन
बिहीबार, ३० असोज २०७६, १८ : ५७
१
धनुषा– सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले गृहमन्त्री रामबहादुर थापा बादल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईैका पुत्ला दहन गरेको छ । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा केही दिनअघि पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै मन्त्रीहरुको पुत्ला दहन गरिएको हो ।
त्यस्तै राजपाले सप्तरीको सदरमुकाम राजविराजमा पनि गृहमन्त्री थापाको पुत्ला दहन गरेको छ । यता, वीरगञ्जमा पनि राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थी संगठनले पनि सांसद साहको रिहाईको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेको छ । सो पार्टीको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ पर्साले ठाकुरराम बहुमुखी ठाकुरराम बहुमुखी क्याम्पस अगाडि टायर बालेर बिरोध प्रदर्शन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण