गृहमन्त्री थापा र पर्यटनमन्त्री भट्टराईको पुत्ला दहन
बिहीबार, ३० असोज २०७६, १८ : ५७
१
धनुषा– सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले गृहमन्त्री रामबहादुर थापा बादल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईैका पुत्ला दहन गरेको छ । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा केही दिनअघि पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै मन्त्रीहरुको पुत्ला दहन गरिएको हो ।
त्यस्तै राजपाले सप्तरीको सदरमुकाम राजविराजमा पनि गृहमन्त्री थापाको पुत्ला दहन गरेको छ । यता, वीरगञ्जमा पनि राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थी संगठनले पनि सांसद साहको रिहाईको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेको छ । सो पार्टीको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ पर्साले ठाकुरराम बहुमुखी ठाकुरराम बहुमुखी क्याम्पस अगाडि टायर बालेर बिरोध प्रदर्शन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन