उपनिर्वाचनको रणनीति तय गर्न काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं – नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । कार्तिक ७ गतेका दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार सो बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका सम्बन्धमा छलफल हुने छ । यस्तै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि ७ गतेको बैठक उपनिर्वाचनमै केन्द्रित हुने बताए ।
उनले भने, ‘७ गते बस्ने बैठक उपनिर्वाचनमा मात्रै केन्द्रित हुन्छ । उपनिर्वाचनको चुनावी तयारी, प्रचार समिति, उम्मेद्वारको छनोट, चुनावी रणनीति र नाराका कुरामा छलफल हुन्छ ।’
यसअघि सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । प्रनिनिधिसभा सदस्यतर्फ कास्की–२ मा उपनिर्वाचन हुँदैछ ।
त्यस्तै प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र–१, बागलुङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र– २ र दाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा निर्वाचन क्षेत्र–२ मा उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण