ग्रानडा स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा
शनिबार, ०२ कात्तिक २०७६, १३ : ०७
ग्रानडा स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा ग्रानडाले ओसासुनालाई १–० गोलले हरायो ।
घरेलु मैदानमा ग्रानडालाई जिताउन डोमिङगोज डुरटेले गोल गरे । डोमिङगोजले ३८औं मिनेटमा गरेको गोलनै ग्रानडाका लागि प्रयाप्त बन्यो । खेलको अन्तिमसम्म गोल फर्काउने ओसासुनाको प्रयास सफल हुन सकेन ।
ओसासुना दोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो । फ्रान मेरिडा दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।
जितसँगै ग्रानडाले नौ खेलबाट १७ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले आठ खेलबाट १८ अंक बनाएको छ ।
तेस्रो स्थानमा रहेको बार्सिलोनाले आठ खेलकाट १६ अंक बनाएको छ । ११ अंक बनाएको ओसासुना तालिकाको ११औं नै स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण