अफ्ताव आलमलाई दोश्रोपटक ५ दिनका लागि म्याद थप
रौतहट– जिल्ला अदालत रौतहटले निलम्बित सांसद अफ्ताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरेको छ । पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका लागि थप म्याद मागेको थियो । न्यायाधीश चाणकमणि अर्यालको इजलासले थप अनुसन्धानका लागि ५ दिनको म्याद थपेको प्रहरी निरीक्षक पप्पु नायकले बताए ।
पीडितको तर्फबाट जिल्ला न्याधिवक्ता फणिन्द्रराज कटुवालले बहस गरेका थिए भने आलमको तर्फबाट करिब १५ जना वकिलले बहस गरेको स्रेस्तेदार गुणराज पराजुलीले बताए । पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लागाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेका आलमलाई सर्बोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २७ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो ।
पहिलो संविधानसभा निर्वाचन आउनै लाग्दा २०६४ फागुन २७ गते आलम नेतृत्वको समूहले बनाउन लागेको बम विष्फोट हुँदा केही व्यक्तिको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए । घाइतेहरुलाई आलमको आदेशमा सिरिन्ज लगाई जिउँदै भट्टामा धकेलेर मारेको पीडितहरुको गुनासो छ । आज उनलाई बयानका लागि अदालत लैजाँदा सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण