चीनले नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने
काठमाडौं । चीनले नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामाग्री उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका रक्षा मन्त्री जनरल वेइ फेंघेबीच बेइजिङमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा चीनले उक्त सहयोगसम्बन्धी प्रस्ताव गरेको थियो । सोहीअनुसार आइतबार नेपाली सेनालाई १५० मिलियन युआनबराबरको सामग्री उपलब्ध गराउने सम्झौतापत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको हो ।
सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीको विवरणका आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुने जनाइएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर हुनुअघि उपप्रधानमन्त्री पोखरेल र चिनियाँ रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण