चीनले नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने

काठमाडौं । चीनले नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामाग्री उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका रक्षा मन्त्री जनरल वेइ फेंघेबीच बेइजिङमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा चीनले उक्त सहयोगसम्बन्धी प्रस्ताव गरेको थियो । सोहीअनुसार आइतबार नेपाली सेनालाई १५० मिलियन युआनबराबरको सामग्री उपलब्ध गराउने सम्झौतापत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको हो ।
सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीको विवरणका आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुने जनाइएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर हुनुअघि उपप्रधानमन्त्री पोखरेल र चिनियाँ रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत र प्रतिव्यक्ति आम्दानी १०८९ अमेरिकी डलर पुग्ने अनुमान
-
इजरायली आक्रमणमा इरानी सेनाको गुप्तचर प्रमुखको मृत्यु
-
धवलशमशेरको बयान न्यायाधीश खनालको इजलासमा
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
सभामुख घिमिरे र रास्वपाका नेताहरूबिच छलफल
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी