एनआईसी एशिया बैंकका ग्राहकलाई हवाई टिकटमा क्यास ब्याक अफर
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज बीच सम्झौता भएको छ । सम्झौताअनुसार एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी mytrip2nepal.com बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५०० क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३०० क्यास ब्याक प्राप्त गर्न सकिन्छ ।
उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि NICANEPAL, भारतका लागि NICA र अन्य अन्तर्राष्ट्रिय उडानका लागि NICASIA प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र संस्कृति इन्फोएज (माई ट्रिप टु नेपाल) को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरे ।
कात्र्तिक २ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण