टेनिस स्टार नडालले गरे विवाह, जिशासँग १४ वर्षदेखि प्रेममा थिए
स्पेनका टेनिस खेलाडी राफेल नडालले आफ्नो १४ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । उनले शनिबार प्रेमिका जिशा पेरेलोसँग मलोरकामा विवाह गरेका छन् ।
नडालले गत वर्ष जिशासँग इन्गेजमेन्ट गरेका थिए । त्यति नै बेला टेनिस स्टारले जिशालाई विवाहका लागि प्रस्ताव पनि राखेका थिए । यी दुई सने २००५ देखि डेटिङ गरिरहेका थिए ।
रिपोर्टका अनुसार चार दशकसम्म स्पेनका राजा भएका जुआल कार्लोस प्रथम पनि उनीहरुको विवाहमा सरिक भएका थिए । विवाहमा ३५० पाहुनको उपस्थिती थियो । विवाहका आधिकारिक तस्बिर सार्वजनिक भएका छैनन् ।
पेरोलो राफेल नडाल संस्थानकी प्रोजेक्ट डायरेक्टर हुन्ः
३१ वर्षकी परेलो इन्भेस्टमेन्ट बैंकर थिइन् । पछि उनले जागिर छोडेर राफेल नडाल संस्थानमा प्रोजेक्ट डायरेक्टरको रुपमा काम गर्न थालिन् । यो च्यारिटेबल ट्रस्टलाई नडालले १० वर्ष अघि सुरु गरेका थिए । नडाल र पेरेलोको भेट टेनिस स्टारकी बहिनी मेरिबेलले गराएकी थिइन् ।
पेरोलो आफूलाई लाइमलाइटबाट टाढा राख्छिन् । उनी कहिलेकाँही नडालको खेल हेर्न स्टेडियममा पनि देखिन्छिन् । ३घ वर्षका नडालले विवाहका लागि त्यही प्यालेस छाने जहाँ बीबीसीको चर्चित टेलिभिजन सिरिज नाइट म्यानेजरको सुटिङ भएको थियो । यही स्थानमा वेल्स र रियल मड्रिडका लागि फुटबल खेल्ने ग्यारेथ बेल र पूर्व टेनिस स्टार कार्लोस मोयाले पनि विवाह गरेका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण