नेकपा निकट प्रवासी संगठनद्वारा पहिरो पीडितलाई सहयोग
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भारतमा रहेको नेपाली प्रवासी संगठनले गुल्मीको सत्यवतीका बाढी पहिरो पीडितहरुलाई सहयोग उपलब्ध गराएको छ ।
गत साउन ६ गते रातिको अविरल बर्षाका कारण साउन ७ गते विहान आएको बाढी पहिरोबाट १३ जना आफन्त गुमाएका र सयौं घरधुरीका परिवार विस्थापित भएका सत्यवती गाउँपालिका वडा नम्वर ३ ठुलोलुम्पेक र वडा नम्वर ४ लिम्घाका पहिरो पीडितहरुलाई सो संगठनले ३ लाख भन्दा बढी सहयोग हस्तान्तरण गरेको हो ।
वडा नम्वर ३ ठुलोलुम्पेक र वडा नम्वर ४ लिम्घामा ३ लाख २ हजार ६ सय ७४ रुपैयाँ स्थानिय तह मै पुगेर सो संगठनका नेताहरुले हस्तान्तरण गरेका हुन् । नेपाली प्रवासी संघ भारतका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारीका अनुसार उक्त सहयोग रकम सो संगठनको महाराष्ट्र गुजराँत संयुक्त राज्य समिति, नवि मुम्वई नगर समितिको अगुवाईमा संकल गरिएको थियो ।
संगठनका केन्द्रिय सदस्य एवं संयुक्त राज्य समितिका सल्लाहकार थानेश्वर भट्ट्राईले आफू ठुलोलुम्पेकवासी रहेको र स्थानियका हिसावले भन्दा पनि जनता प्रति उत्तरदायी नेकपाको प्रवासी संगठनको हैसियतले विपदमा परेका नेपालीहरुको उद्दारमा जुटेको बताएका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रय सांस्कृतिक विभागका संयोजक तथा ठुलोलुम्पेकका वासीन्दा रुद्र राकसकोटी , सोही स्थानमा घर भई मुम्वईमा कार्यरत सो संगठन राज्य समिति सदस्य भीम बराल र नवि मुम्वई नगर कमिटी सह सचिव घनश्याम सिंजाली लगायतले सहयोग संकलनमा अगुवाई गरेको सो संगठनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण