अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किहाल्ने अवस्था छैन: अमेरिकी रक्षामन्त्री
काबुल-अफगानिस्तानबाट अमेरिकी सैनिक सिरियामा जस्तो अकस्मात फिर्ता नहुने अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् ।
अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फिर्ता बोलाउने चर्चा चलिरहेका समय अफगानिस्तानबाट पनि अमेरिका फर्किनसक्ने सम्भावनाबारे विभिन्न कोणबाट शङ्का व्यक्त गर्न थालेपछि अमेरिकी अधिकारीको उक्त प्रस्टोक्ति आएको हो ।
टर्कीले उत्तरी सिरियामा अमेरिकी समर्थन प्राप्त कुर्दिस समुदायको सुरक्षा इकाई, जसलाई अङ्काराले आतङ्कवादी बताउँदै आएको छ, विरूद्ध गत हप्ता पुनः आक्रमण सुरू गरेको केही दिनपछि अमेरिकी राष्ट्रपतिको निर्देशनमा करिब एक हजार सैनिकलाई फिर्ता गर्ने उल्लेख गरिएको थियो ।
यो कदमलाई अमेरिकी राष्ट्रपतिको रिपब्लिकन पार्टीसमेत डेमोक्रेटिक पार्टीले यो कुर्दिस लडाकूमाथिको घात हुने भनी चर्को आलोचना भइरहेको छ । अमेरिकाले सिरियामा कूर्दिस लडाकूको सहयोगमा स्लामिक स्टेट (आइएस) जिहादी समूहमाथिको कारबाहीलाई सशक्त बनाएको थियो ।
अफगानिस्तानमा नेटोको दृढ सहयोग अभियानबारे राजधानी काबुलमा रक्षामन्त्री एस्परले भने, “ अमेरिकाले अफगानी नागरिकसँग अफगानिस्तानमा स्थायी शान्ति र स्थायित्व कायम नहुँदासम्म सघाइराख्ने दीर्घ प्रतिवद्धता प्रकट गरेको छ । त्यसैले अमेरिका अफगानिस्तानबाट यत्तिकै फर्किने छैन ।”
“अफगानिस्तान र सिरियामा अमेरिकी नीति पूर्णरूपमा भिन्न छ ।” अमेरिकाले अफगानिस्तानमा सन् २००१ देखि सैनिक तालिम, हतियारलगायतका आवश्यक सहायता उपलब्ध गराउँदै आएको छ ।
उनले थपे, “हाम्रा सहयोगबाट अफगानिस्तानजस्ता हाम्रा सहयोगीहरूले के बुझ्न जरूरी छ भने अमेरिकाले तालिवान समस्यालाई समाधान नगरी अफगानिस्तानबाट फर्किने छैन ।” एएफपी/Photo:REUTERS
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण