डीभीले राहदानी बनाउने ५ गुणा बढे
मङ्गलबार, ०५ कात्तिक २०७६, ०६ : ३८
बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी)को आवेदन फर्म खुल्नासाथै उपत्यकाबाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौँ ओइरिएका छन् ।
राहदानी विभागले सधैंको भन्दा भन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ ।
गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ आएर तत्कालै राहदानी (एमआरपी) झिक्नेको संख्या ह्वात्तै बढेको हो ।
अरु बेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहेने गरेकोमा पछिल्ला दिनमा झन्डै चार हजार जनाले आवेदन भरिरहेका छन् ।
यसमा पनि एक तिहाई जति १५ हजार रुपैयाँ शुल्क तिरेर एकैदिनमा एमआरपी लिन चाहने छन् । यो समाचार आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने