धमाधम बन्दै छन् माटोका पालाहरु
हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार आउन अब केही दिन मात्रै बाँकी छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ ।
बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ ।
व्यवसायीहरुका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुन्छ । दिपावली गर्न अवसरमा मैन र विद्युतीय बत्ति बाल्ने प्रचलन बढे पनि विगतका केहि वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम बढेको छ ।
सुरक्षाको दृष्टीकोणले समेत पाला उत्तम मानिने गरिन्छ आगलागी नहुने भएकाले माग बढको जानकारहरु बताउँछन् ।
तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरुको माग उच्च हुने गरेको छ ।
माटाको पाला बनाउन व्यस्त भक्तपुरका व्यवसायीको व्यस्ततालाई रातोपाटीका सुवास श्रेष्ठले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन्ः












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण