नेकपा नेतामाथि विप्लवका कार्यकर्ताको आक्रमण
बुधबार, ०६ कात्तिक २०७६, १३ : ४५
जाजरकोट– बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण भएको हो ।
आक्रमणमा परी प्रदेशसदस्य सिँहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए । चन्द कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ । विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
एकै वर्षमा २५ ओटा हिट फिल्म दिने यी अभिनेता
-
बसपार्कमा तानातान गरेर पर्यटकलाई दुःख दिने सात जना पक्राउ
-
अपहरण र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
रणवीर कपूरको रामायण २ भागमा आउने
-
भीड थेगिनसक्नु भएपछि चार धाम यात्राका लागि अफलाइन दर्ता ३१ मेसम्म बन्द