एउटा यस्तो तस्बिर जसका कारण भिटेन पक्राउ परे
बिहीबार, ०७ कात्तिक २०७६, ११ : ४८
‘हामी यस्तै न हो नि ब्रो’ बाट पछिल्लो पटक निकै चर्चामा आएका र्यापर समिर घिसिङ अर्थात् भिटेन पक्राउ परेका छन् ।
उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लील शब्द प्रयोग गरेको र सोसल मिडियामा राखेको तस्बिरमा आधारमा उनलाई बिहिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए । उनलाई जाउलाखेलबाट पक्राउ गरिएको हो ।
भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।
उनको उक्त तस्बिरलाई २० हजार बढीले लाइक गरेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । यस्तै, उक्त तस्बिर १२ सय बढी पटक सेयर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?
-
जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमा मृत्यु
-
निजगढ र कोल्हवी नगरपालिकाले ठेक्का लगाएको बकैया खोलामा अवैध उत्खनन रोक्न निर्देशन
-
एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी
-
तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने
-
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने