सिद्धार्थ बैंक एजीएमः १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने
बिहीबार, ०७ कात्तिक २०७६, १७ : ३०
काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा बिहिबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे छ ।
साधारण सभाले बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५ सय ४०को १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ नगद लाभांश प्रदान गर्ने लगायतको प्रस्ताव पारित गरेको छ ।
२०७६ आश्विन मसान्त सम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने ११३ अर्ब कर्जा लगानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?