बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मनकामना केबुलकार वार्षिकोत्सवको अवसरमा उपहार योजना

बिहीबार, ०७ कात्तिक २०७६, १८ : ४३
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं– नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो २१ औं वार्षिकोत्सबको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ ।

एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ । उक्त योजना अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजी स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ । 

कम्पनीले आफ्ना यात्रुलाई सम्मान गर्ने उद्देश्यले यो उपहार योजना ल्याएको हो । यहि कात्तिक ७ गते देखि सुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागु हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको बिशेष अवसरमा लक्की ड्र मार्फत विजेता घोषणा गर्ने छ ।

यस योजना चितवन कोइ समूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ । 

मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत योगदान पु¥याउँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप