शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अफ्ताव आलमका समर्थकहरुले रौतहटमा प्रदर्शन गर्ने

बिहीबार, ०७ कात्तिक २०७६, १९ : १८
बिहीबार, ०७ कात्तिक २०७६

रौतहट– निलम्बित सांसद मोहम्मद अफ्ताव आलम पक्राउ विरुद्धमा भोली नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गर्ने भएका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुुद्धामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गर्ने भएका हुन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार भोली बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरिने पार्टी जिल्ला सदस्य सुुमन गौतमले जानकारी दिए । गौतमले शुक्रबार बिहान निर्धारित समयमा गौरमा हुने प्रदर्शन सहभागी हुन सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन ।

गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । यद्यपि, शुक्रबार हुने प्रदर्शन आलम निक कार्यकर्ताको विशेष अनुरोधमा हुने भएको बताइएको छ । काँग्रेस जिल्ला सभापति कृष्ण यादवले विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिकरुपमा कुनै निर्णय नभएको बताए । उनले आफुु भने अनौपचारिकरुपमा शान्तिपूर्ण सहभागिता जनाउने बताए ।

आलम पक्राउ परेलगत्तै काँग्रेसका नेता विश्वप्रकाश शर्माले घटनाको निष्पक्ष अनुसन्धानमा सघाउने बताएका थिए । पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् । सर्वोच अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिशगेट नजिकैबाट आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट दुुईपटक म्याद थप भइसकेकोमा पछिलो पटक थपेको म्याद सकेर आलमलाई भोली पुनं. अदालतमा पेस गरिदैछ  । सोही दिन उनी निकट कार्यकर्ताल प्रदर्शन गर्न लागेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप