शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सागका लागि फेन्सिङको तयारी थाइल्यान्डमा

शुक्रबार, ०८ कात्तिक २०७६, १७ : ५८
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालका फेन्सिङ खेलाडीले थाइल्यान्डमा तयारी र प्रशिक्षण गर्ने भएका छन् । नेपाली खेलाडीले नोभेम्बर १ देखि ३ तारिखसम्म हुने चुलालङकन युनिभर्सिटी ओपन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली खेलाडीमा ओमकार, दीपेन्द्र बिष्ट, सागर थापा, जलिन्द्रबहादुर शाही, राजनराज खड्का, ज्ञानेन्द्र तिमिल्सिना, अमित भण्डारी, राजेन्द्र गजुरेल, पायास योञ्जन, गोमा आचार्य, अन्जु तामाङ, अनिता अधिकारी, रमा सिंह, कमला श्रेष्ठ, अस्मिता श्रेष्ठ, शिक्षा नापित, रविना थापा, इन्दिरा पौडेल, जानुका स्याङतान, अनिता कार्की, राजेन्द्र श्रेष्ठ, राकेश महर्जन, दिनेश पाण्डे र सीता पाठक रहेका छन् । प्रशिक्षण नोभेम्बर ५ देखि २० तारिखसम्म चल्नेछ ।

प्रशिक्षकमा अभिषेक कार्की, सन्जिप लामा र जंग गिरी तथा टिम व्यवस्थापकमा अनुप कपाली छन् । खेलाडीमध्ये जलिन्द्र र इन्दिराले प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । दुवै हाल वल्र्ड मिलिटरी गेम्सका लागि चीनमा छन् । प्रशिक्षणमा भने उनीहरु सहभागी हुने छन् । खेलाडी सागर, ज्ञानेन्द्र र राजेन्द्र, प्रशिक्षक जंग तथा व्यवस्थापक कपाली अक्टोबर ३० तारिखमा जाने छन् । बाँकी अक्टोबर २९ मा जाँदैछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले सागमा व्यक्तितर्फ स्वर्ण, रजत र कांस्य जित्नेलाई क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे । त्यस्तै टिममा स्वर्णलाई दुई लाख, रजतलाई एक लाख र कांस्यलाई ४० हजार दिने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप