सीटीईभीटीको गोप्य प्रतिवेदन : विद्यमान संरचनामा कार्यक्रम सञ्चालन गर्नै कठिन
काठमाडौं । प्राविधिक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण अड्डा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले हालको संरचनामा परिषद्का कार्यक्रम सञ्चालन गर्न नसक्ने देखिएको छ ।
परिषद्को वर्तमान संरचना र जनशक्तिबाट हाल सञ्चालन भएका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न कठिनाइ भएको प्रतिवेदन फेला परेकाे खबर राजधानी दैनिकमा छापिएकाे छ । सीटीईभीटीको सम्बन्धमा डा. रुद्र सुवालको प्रतिवेदनले परिषद्का कार्यक्रम विस्तार गर्न विद्यमान संगठन संरचना, जनशक्ति र साधन स्रोतको अभाव हुने निष्कर्ष निकालेको छ ।
परिषद्मा स्थायी कर्मचारीभन्दा करार र अस्थायी कर्मचारी बढी छन् । अहिले परिषद् मातहत २ हजार ३० कर्मचारी छन् । जसमध्ये ९३२ जनाको स्थायी दरबन्दी छ । अन्य सबै करार र अस्थायी छन् ।शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्दा राज्यको महŒवपूर्ण एवं प्राथमिकताका विषयमा केन्द्रित भई सञ्चालन नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण