राप्रपा संयुक्तको ओखलढुंगा जिल्ला समिति नै काँग्रेसमा प्रवेश
काठमाडौं – ओखलढुंगामा राप्रपा संयुक्तको जिल्ला कार्यसमिति नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । शनिवार चिसंखुगढी गाउँपालिकामा आयोजित प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष नारायणबहादुर सुवेदी, उपाध्यक्ष मुगाधन राई, कोषाध्यक्ष दिनेश सुवेदी सहित जिल्ला कार्यसमित नेपाली काँग्रेसमा प्रवेश गरेको हो । ओखलढुंगामा अब राप्रपा संयुक्तको कुनै कमिटि नरहेको घोषणा समेत गरिएको छ ।
काँग्रेसमा प्रवेश गर्नेहरुले लोकतन्त्रको मूलधारमा आउन पाउँदा खुसी लागेको बताएका थिए । नेपाली काँगे्रसका जिल्ला सभापति प्रदिप सुनुवार र नेता रामहरि खतिवडाले राप्रपाका नेताहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
राप्रपासहित नेकपाका कार्यकर्ताहरुलाई प्रवेश गराउँदै पूर्व सांसद रहेका नेता खतिवडाले सरकारका कामबाट असन्तुष्ट बनेका कार्यकर्ता काँग्रेसमा आएको बताए । काँग्रेस प्रवेश गर्नेमा राप्रपाका जिल्ला सदस्यहरु जश बहादुर राइ , बमप्रसाद खतिवडा, शुक्रराज राई, प्रदिप राईलगायत छन् ।
त्यस्तै नेकपाका स्थानीय नेता कार्यकर्ताहरु मुना राई, रेनुका राई, निमफुरी शेर्पा, लाम्पा दोर्जी शेर्पा लगायत दजनौं प्रवेश गरेको जिल्ला कार्यसमतिका प्रवक्ता राजकुमार ढुंगानाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण