जनताको भावनाअनुसार सरकार सञ्चालन हुनुपर्छः माधव नेपाल
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको गुनासो र भावनाअनुसार सरकार सञ्चालन हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले जनताको मन जितेर, कमी कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए ।
वरिष्ठ नेता नेपालले नेपाली जनता आफ्नो समस्या समाधान गर्न सक्षम रहेको उल्लेख गर्दै स्वाभिमानी नेपाली जनताले कोही कसैको हस्तक्षेप स्वीकार्य नगर्ने बताए ।
नेकपा पार्टीमा नेकपाको विचारधारा लागू भएको बताउँदै उनले पार्टीमा कोही कसैको विचारधारा थोपारेको सम्बन्धमा कसैलाई भ्रम नरहोस् भनी स्पष्ट पारे ।
एक प्रश्नको जवाफमा रौतहट हत्या काण्ड कानूनी प्रक्रियामा गइसकेकाले कसैले हस्तक्षेप गर्नु हुँदैन भन्दै विगतमा नेपाली काङ्ग्रेसको सिफारिसमा आफूले मोहम्मद अफताव आलमलाई मन्त्रिमण्डलमा समावेश गरेको बताए ।
वरिष्ठ नेता नेपालले द्वन्द्वकालमा घटेका घटना छिटो छिनोफानो हुनुपर्नेमा जोड दिँदै सत्य निरुपण टुग्ङ्याउन आफ्नो सहयोग सदैव रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण