ब्रेक्जिटका लागि मिति थप्न बेलायतले गरेको अनुरोधप्रति इयू नेताद्वारा ‘सैद्धान्तिक’ सहमति
लण्डन-यूरोपेली संघ (इयू) नेताहरूले ब्रेक्जिटका लागि मिति थप्न बेलायतले गरेको अनुरोधप्रति ‘सैद्धान्तिक’ सहमति जनाएका छन् । इयूले ब्रेक्जिटको म्याद एक हप्ताका लागि लम्ब्याउने गरी निर्णय भएको जनाएका छन्, अलजजिराले इयू स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।
इयू सदस्य राष्ट्रका राजदूतहरूले ब्रेक्जिटका लागि इयूका प्रमुख मध्यस्थकर्ता मिसेल बार्नियरलाई भेटेपछि शनिबार बताए, “इयूका कुटनीतिक अधिकारीहरूले ब्रेक्जिटको तिथि थप गर्न सैद्धान्तिक सहमति गरेका छन्,” यूरोपेली आयोगका प्रवक्ता मीना एन्द्रिवाले बताए ।
उनले थपे,“ब्रेक्जिट समस्याबारे नयाँ निर्णय लिनका लागि इयू नेताहरूका आकस्मिक सम्मेलनका लागि भने अहिले कुनै योजनाहरू रहेका छैनन् ।” बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यदि आगामी डिसेम्बर १२ मा आम निर्वाचनका लागि सहमति भएमा ब्रेक्जिटका लागि नयाँ बहस गर्न सांसदहरूलाई थप समय चाहिने भन्दै इयूसँग गरेको अनुरोधपछि नयाँ घटनाक्रम विकसित भएको हो ।
बेलायती प्रधानमन्त्री जोनसनले आफूले इयू नेताहरूसँग गरेको ब्रेक्जिट सहमतिलाई बेलायती विधायकबाट अनुमोदन गराउन सङ्घर्ष गरिरहेका छन् । प्रधानमन्त्री जोनसनले यही अक्टोबर २० मा बेलायती सांसदहरूको हस्ताक्षररहित एक अनुरोध पत्र इयूलाई पठाएका बताइएको छ । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण