सांसद इन्द्र बानियाँ भन्छन्, ‘म पक्राउ परेको छैन’
आइतबार, १० कात्तिक २०७६, ०९ : ५९

काठमाडौँ । प्रदेश सभा सांसद इन्द्र बानियाँले आफू पक्राउ नपरेको बताएका छन् ।
सञ्चारमाध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचारको खण्डन गर्दै पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले सो कुरा बताएका हुन् ।
उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको जिकिर गरे ।
रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘म हिजो ७–८ बजेतिर हेटौँडाबाट काठमाडौँ आएको हुँ । त्यसपछि म कहिँ पनि गएको छैन । घरमा नै छु ।’
उनले आफू घर मै रहेको र सानेपामा तरुण दलले आयोजना गरेको चियापान कार्यक्रममा जान लागेको समेत जानकारी दिए ।
मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ३ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।
महाराजगञ्ज प्रहरीले पक्राउ गरेका २५ जुवाडेहरुमा बानियाँ पनि परेको भन्ने समाचार प्रकाशित भएको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर
-
विद्यालय शिक्षा विधेयकका विषयमा समितिलाई बुझाइएको प्रतिवेदनमा के छ ?
-
रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा
-
उपसभामुख रानालाई कांग्रेस–एमालेले हटाउन खोजेकै हुन् ?
-
शिक्षा उपसमितिमा विद्यालय शिक्षा विधेयक : यी हुन् सहमति भएका विषय र सहमति जुट्न नसकेका दफा
-
पुर्खालाई सम्झँदै प्रचण्डले भने - म पनि दैलेखी नै हुँ !