सांसद इन्द्र बानियाँ भन्छन्, ‘म पक्राउ परेको छैन’
आइतबार, १० कात्तिक २०७६, ०९ : ५९
काठमाडौँ । प्रदेश सभा सांसद इन्द्र बानियाँले आफू पक्राउ नपरेको बताएका छन् ।
सञ्चारमाध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचारको खण्डन गर्दै पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले सो कुरा बताएका हुन् ।
उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको जिकिर गरे ।
रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘म हिजो ७–८ बजेतिर हेटौँडाबाट काठमाडौँ आएको हुँ । त्यसपछि म कहिँ पनि गएको छैन । घरमा नै छु ।’
उनले आफू घर मै रहेको र सानेपामा तरुण दलले आयोजना गरेको चियापान कार्यक्रममा जान लागेको समेत जानकारी दिए ।
मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ३ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।
महाराजगञ्ज प्रहरीले पक्राउ गरेका २५ जुवाडेहरुमा बानियाँ पनि परेको भन्ने समाचार प्रकाशित भएको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
