पुलिसिकको ह्याट्रिकमा चेल्सी विजयी
अमेरिकी स्टार क्रिस्टियन पुलिसिकले ह्याट्रिक पूरा गरेसँगै इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नलीलाई उसैको मैदानमा ४–२ गोलले हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई जिताउन पुलिसिकले २१औं मिनेटमा खाता खोले । पुलिसिकले ४५औं मिनेटमा दोस्रो गोल गरे । ५६औं मिनेटमा मेसन माउन्टको क्रसलाई हेडगोल गर्दै पुलिसिकले करीयरको पहिलो ह्याट्रिक पूरा गरेका थिए ।
पुलिसिक चेल्सीका लागि कम उमेरमा ह्याट्रिक गर्ने खेलाडी समेत बने । उनले २१ वर्ष ३८ दिनको उमेरमा ह्याट्रिक गरेका हुन् । चेल्सीका लागि अकोै गोल विलियनले गरे । विलियनले ५८औं मिनेटमा गोल गरेका थिए । बर्नलीका लागि जय रोड्रीगवीजले ८६औं र डीवेट म्याकनेलले ८९औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले १० खेलबाट २० अंक बनाएको छ । बर्नली १२ अंकसहित ११औं स्थानमा छ । प्रिमियर लिगकै अर्को खेलमा ब्राइटोनले एभर्टनलाई ३–२ गोलले हराएको छ । वेस्टहाम युनाइटेड र सेफिल्ड युनाइटेडले १–१ तथा वाटफोर्ड र बर्नमाउथले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण