भीआईपी जुवाडे प्रकरण : प्रहरीबाट जोगिन शौचालयमा लुकेका थिए बिटुमिन व्यापारी अग्रवाल !
काठमाडौँ– भीआईपी जुवाडे प्रकरणले चिनिएको काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खालमा प्रहरीको छापा प्रकरणमा नयाँनयाँ समाचारहरु बाहिर आउने क्रम जारी छ ।
उक्त जुवा अखडामा प्रहरी छापा मार्न पुग्दा जुवाडेहरुको भागाभाग मच्चिएको थियो ।
‘कोही शौचालय त कोही पलङमुनि समेत लुकेका थिए । त्यहाँ अप्रेशन गर्दा प्रहरीले ठूलै चुनौति भोग्नुपर्यो’ अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्, ‘प्रहरी आएको थाहा पाएपछि बिटुमिन व्यापारी पवन अग्रवालचाहिँ शौचालयभित्र लुकेको पाइयो । भित्रबाट चुकुल लगाएको पाएपछि प्रहरीले निकै सास्ती बेहोरेर नियन्त्रणमा लिनु परेको थियो ।’
अग्रवाल हुण्डी व्यपारी समेत भएको बुझिएको छ ।
भीआईपी जुवाडेका नामले चिनिने उक्त प्रकरणमा २५ जना जुवाडेसहित २ करोड ६७ लाख नगद समेत प्रहरीले बरामद गरेको थियो । सो घटनामा सहभागी भएकाहरु अधिकाँश व्यापारी रहेका थिए । भीआईपीहरु समातिएकाले उक्त मुद्दा कमजोर पार्न चलखेल सुरु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण