लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति
सोलुखुम्बु– जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीयवासी रुपा नेवारको रु छ लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद रु एक लाख ५० हजार, पाँच तोला सुन, १० तोला चाँदी, पाँच माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूजाकोठाबाट शुरु भएको आगोले नेवारको ढुङ्गा माटोले बनेको तीन तले घरको पूजाकोठा जलेर नष्ट भएको छ । साँझ ७ः४५ बजेबाट शुरु भएको आगो राति ९ः३० बजे स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो । तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रुपा नेवार नेचासल्यान गाउँपालिका–२ का वडा सदस्यसमेत हुन् ।
एक हप्तामा करोड बढी क्षति
पछिल्लो एक हप्तामा नै जिल्लाको तीन ठाउँमा आगलागी भएको छ । कात्तिक ३ गते मात्रै सोही गाउँपालिका–१ का चन्द्रप्रकाश कोइरालाको तीनतले घरमा आगलागी भएको थियो । प्रहरीको मूल्याङ्कनअनुसार कोइरालाको रु ९८ लाख बराबरको क्षति भएको थियो ।
यस्तै कात्तिक ७ गते सोलुदूधकुण्ड नगरपालिका–११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार सल्यानमा खड्काको घर पूर्णरूपले जलेर नष्ट हुँदा रु ८५ लाख बराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण